थप १० जनामा कोरोना पुष्टि : सङ्क्रमित २ सय ९१ पुगे
खबर एक्सप्रेस
२०७७-०२-०४ ०७:४४ मा प्रकाशित
Total Shares: 374
काठमाडौंं - नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ९१ पुगेको छ । ३६ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ ।
फेसबुक पेज Like गर्नुहोस