कुलमान घिसिङको दादागिरी : नियम बिपरित जथाभाबी इन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण
काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियम बिपरित जथाभाबी इन्टरनेटको तार काट्न लगाएर इन्टरनेट सेवा ठप्प बनाएका छन् । दूरसंचार ऐन २०५३ मा कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ ।
घिसिङ नेपालमा लोडसेडिङ अन्त्य गरेर लोकप्रिय बनेका भएपनि पछिल्लो समय उनको बदमासीका कारण विवादास्पद बन्दै गएका छन् । जथाभाबी ढंगले काठमाडौंका केही ठाउँ भरतपुर, बुटवल,धादिङ,बिराटनगर लगायतका ठाउँहरुमा इन्टरनेटको तार काट्दा इन्टरनेट सेवा अबरुद्ध भएको छ भने कुलमान विरुद्ध कडा नाराबाजी समेत भएको छ ।
विद्युत प्राधिकरणको बदमासीका कारण नियम बिपरित जथाभाबी इन्टरनेटको तार काटेर इन्टरनेट सेवा अबरुद्ध भएपछि आम नागरिक कुलमान घिसिङप्रती आक्रोशित बनेका छन् भने दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले समेत अप्टिकल फाइवर काटी इन्टरनेट सेवा आवरुद्ध पारेकोमा आपत्ति जनाएको छ ।
हेर्नुस् दूरसञ्चार प्राधिकरणको सूचना
नेपाल विद्युत प्राधिकरणले जथाभावी रुपमा अप्टिकल फाइवर काटी इन्टरनेट सेवा आवरुद्ध पारेको सन्दर्भमा नेपाल दूरसंचार प्राधिकरणको अत्यन्त जरुरी सूचना
नेपाल विद्युत प्राधिकरणबाट राज्यका विभिन्न स्थानहरुमा जथाभावी ढंगले Optical Fiber काटी दिदा राज्यका धेरै स्थानहरुमा Internet सेवा अवरुद्ध हुन पुगेको प्रति यस प्राधिकरणको गम्भिर ध्यानाकर्षण हुन पुगेको छ ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय,यस प्राधिकरण,नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल गरी विवाद समाधान गर्ने प्रयास भै रहेको अवस्थामा अनायासै Optical Fiber काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ । दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ । यसरी दूरसंचार सेवा अवरुद्ध गर्ने कार्यप्रति यस प्राधिकरण दुख: व्यक्त गर्दछ।
अत: राज्यको अति आवश्यक सेवाको अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध गर्दछौ | साथै हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुँदा सबै पक्ष बसी आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन नेपाल विधुत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल तथा सम्वन्ध सबै पक्षमा हार्दिक अनुरोध गर्दछौ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस