काठमाडौंं - काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५८३ जना, ललितपुरका ७८ जना र भक्तपुरका ६३ जना रहेका छन् ।

शुक्रबार काठमाडौँका ५०३ जना, ललितपुरका ९१ जना र भक्तपुरका ५१ जनासहित काठमाडौँ उपत्यकामा थप ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार २०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, १ हजार १४७ संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।