सशस्त्रका तीन एआईजीको सरुवा, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं - सरकारले मंसिर २५ र २९ गते बसेका दुई मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंसिर २५ र २९ गते बसेका दुवै बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरेका हुन् ।
खरेलका अनुसार, विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ । संवाद समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सदस्य रहेका छन् भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् ।
यसैगरी सरकारले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।
यस्तै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने निर्णय गरेकोमन्त्री खरेलले बताए ।
मंसिर २९ गतेको बैठकका निर्णय

.gif)




फेसबुक पेज Like गर्नुहोस