सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार सुरु
खबर एक्सप्रेस
२०७९-११-२१ १२:५१ मा प्रकाशित
Total Shares: 97
काठमाडौं - सुपर मादी हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘एसएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ ।
कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको हो ।
नेपाल स्टक एक्चेजले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो । उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको कारोबार खुला भएको हो । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड १० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो
फेसबुक पेज Like गर्नुहोस