नेकपा विवाद : ओली–माधव नेपालको झगडा मिलाउन लागिपरे प्रचण्ड
काठमाडौं – प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलाउने प्रयास गरेका छन् ।
अध्यक्ष दाहाल र नेता नेपालबीच शुक्रबार यसै विषयमा छलफल भएको छ । दाहाल निवासमा भएको छलफलमा नेपाललाई फकाउँदै दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउन पहल गरेका छन् ।
बिहीबार बसेको सचिवालय बैठकमा ओली र नेपालबीच चर्काचर्की भएको थियो । चर्काचर्कीसँगै चिसिएको सम्बन्धलाई फेरि हार्दिक बनाउन प्रचण्ड लागिपरेका छ ।
कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि राजा–महाराजाजस्तै हुन्छन्– दाहाल
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट नेताहरू सत्तामा पुगेपछि राजा र महाराजाजस्तै हुने गरेको टिप्पणी गरेका छन् । ललितपुरस्थित स्टाफ कलेजमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले विश्वभरिका कम्युनिस्टहरू सत्तामा पुगेपछि आफूले गरेको त्याग, तपस्या र बलिदान बिर्सेर राजामहाराजाजस्तै हुने बताए ।
‘सत्तामा नपुगुन्जेल जनता, राष्ट्र र समाजको हितमा काम गर्छु भन्छन् र माक्र्सवादको वर्ग अध्ययन, चिन्तन, मनन गरी जनताको मन जित्न सफल हुन्छन्,’ दाहालले भने, ‘तर, यी सबै कुरा सत्तामा पुगेसँगै बिस्तारै बिर्सिदै र बुर्जुवाकरण हुँदै जान्छन् ।’
जनताका लागि लडेका कम्युनिस्ट नेता नै महाराजा बनेपछि जनताले नै उनीहरूलाई लखेट्न खोजेको उनको तर्क छ । ‘कम्युनिस्ट नेता नै राजा–महाराजाजस्ता हुँदै गएपछि राजा–महाराजाविरुद्ध लडेका जनताहरूले यिनलाई पनि लखेट्नुपर्छ भने, लखेटे,’ उनले भने । यस्तो विडम्बना इतिहासमा पनि देखेको उल्लेख गर्दै सोही लक्षण अहिले पनि देखिन थालेको उनले बताए ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस