रगतको नमुना दिन महरालाई आदेश
खबर एक्सप्रेस
२०७६-०७-०८ ११:०० मा प्रकाशित
Total Shares: 365
काठमाडौं - महिलामाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो ।
प्रहरी अनुसन्धान अधिकृतको डिएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए ।
-नागरिक दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस