कोरोनाको जोखिम व्यवस्थापनलाई ध्यान दिदैँ खबर एक्सप्रेसमा कार्यरत कर्मचारीको नेको इन्स्योरेन्समा बीमा
काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को क्षतिलाई न्यूनीकरण गर्न खबर एक्सप्रेसले आफ्नो सम्पूर्ण कर्मचारीको नेको इन्स्यारेन्समा बीमा गरेको छ ।
मङ्गलबार नेको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र खबर एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक राम चन्द्र खड्काबीच सम्झौता भएको छ ।
उक्त सम्झौताका क्रममा नेको इन्स्योरेन्सका सिइओ अशोक खड्काले कोरोना बीमा लेख ल्याएकोमा बीमा कम्पनीहरु को नियामक निकाय बीमा समितिलाई धन्यवाद दिँदै कोरोना बीमा हरेक नेपालीले गर्नुपर्ने बताए । बीमितलाई कोरोना संक्रमण भएको पुष्टि भए बीना झन्झट सजिलै दाबी भुक्तानी दिने उन्ले बताए ।
मुलुकको सूचना प्रवाहमा काम गर्ने सञ्चारकर्मीहरुको लागि कोरोना बीमा अति आवस्यक भएकाले कोरोना बीमा गरेको खबर एक्सप्रेसका प्रबन्ध निर्देशक राम चन्द्र खड्काले बताए ।
खबर एक्सप्रेसको टेलिभिजन कार्यक्रम हरेक हप्ताको शुक्रबार टिभी टुडे एचडीमा प्रसारण हुने गर्दछ भने खबर एक्सप्रेस अनलाइन पनि सञ्चालनमा छ ।
फेसबुक पेज Like गर्नुहोस