काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज आइतबाको मौसम पूर्वानुमान महाशाखा जारी गरेको छ।

महाशाखाका अनुसार नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

जारी सूचनाका अनुसार आइतबार दिउँसो सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहनेछ । यस्तै, मंगलबार पनि देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएका छन् ।