काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

आजको बैठकमा कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याउनेबारे सर्वोच्च अदालतले दिएको आदेशअनुसार निर्देशिका पारित गर्नेलगायत विषयमा छलफल गर्ने बताइएको छ ।