काठमाडौं - विश्वको सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपीए–आई त्रिपल क्यामेरा सिस्टम सहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ । इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ रियलमी सी २५ वाई मा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच् मेगा ब्याट्री, इन्स्टान्ट फीङ्गर प्रिन्ट सेन्सर भएको शक्तिशाली युनिसोक टी ६१० प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ ।

रियलमी सी२५ वाई मा ५०एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रो लेन्स र बी एण्ड डब्लु लेन्स रहेको छ । रियलमी सी सिरीजमा ५० एमपीमोड रहेको पहिलो स्मार्टफोनले सुन्दर फोटो खिच्छ र प्रयोगकर्ताहरुलाई ८१६० बाइ ६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ । यसका साथै, क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्यूटी मोड फङ्सन, एच्.डी. आर मोड, प्यानारोमिकभ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्दछ ।

यसमा भएको ५०००एमएएच् ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्न सक्छ । सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैं पावर्ड र कनेक्टेड रहन सक्नेछ । यसबाहेक, रियलमी सी२५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रीन ब्याट्री अप्टिमाइजेसन र प्रयोगकर्ता सुतिरहेको बेलाफोनलाई लोअर मोडमा चलाउन निर्देशन दिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसनको सुविधा पनि उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।