काठमाडौं-सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा शुक्रबार बस्दैछ । सभामा बैंकले गत वर्षको नाफाबाट कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ ।

बैंकले गत वर्षको नाफाबाट ८.५३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबमा छलफल हुनेछ । सभा प्रयोजनको लागि बैंकले फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गरिसकेको छ । जसअनुसार  फागुन २७ गतेसम्म कायम लगानीकर्ताले बैंकले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।