प्रधानमन्त्री बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ
खबर एक्सप्रेस
२०७९-०४-२९ ०२:२३ मा प्रकाशित
Total Shares: 466
काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका सडकमा थुप्रिएको फोहोर देख्दा श्रमदान गर्न मन लागेको बताएका छन् ।
काठमाण्डौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा खाल्डाखुल्डी बाटो भएपनि धरानै सफा लागेको उनले बताए ।
‘काठमाण्डौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’ साम्पाङले सामाजिक सञ्जालमार्फत् भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस