काठमाडौं - भोटेकोसीको बाढीमा डुबेको नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको शाखामा नगद, सुनचाँदीसहितका बहुमूल्य धातु सुरक्षित फेला परेको छ। 

प्रहरीका अनुसार १० भदौको बाढीमा डुबेको कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब ५० करोड रुपैयाँ बराबरको सुन, डेढ करोड रुपैयाँ जति नगद तथा महत्वपूर्ण कागजात सुरक्षित फेला परेको हो ।