आन्दोलनरत शिक्षक र सरकारबीच साँझ ५ बजे वार्ता
खबर एक्सप्रेस
२०८१-१२-२७ ०३:४३ मा प्रकाशित
Total Shares: 120
काठमाडौं-आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।
यसअघि पटक–पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।
‘महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्‘,मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौं।’
आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस