नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित
खबर एक्सप्रेस
२०७७-०४-०२ ११:२० मा प्रकाशित
Total Shares: 414
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहि समयका लागि स्थगित भएको छ ।
शुक्रबार बिहान ११ बजे बालुवटारमा बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
अधिकांश स्थायी कमिटी सदस्यहरु बालुवटार पुगेका थिए । तर, अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केहि समय छलफल हुने भएपछि बैठक केहि समयका लागि स्थगित भएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस