एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग
खबर एक्सप्रेस
२०८०-०७-२१ ०५:०३ मा प्रकाशित
Total Shares: 116
काठमाडौं - एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको छ ।
कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई २०८० कात्र्तिक १७ गते राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस