स्याङ्जा पहिरो अपडेट : ९ महिने शिशुसहित ९ जनाको मृत्यु
स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोमा पुरिएकामध्ये थप ४ जनाको शव फेला परेको छ । यससँगै पहिरोमा परि मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
बिहिबार बिहान ६ बजे माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा परि १० जना पुरिएका थिए । जसमा ९ जनाको मृत्यु भएको छ भने एक जनाको जिवित्तै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।
मृत्यु हुनेमा ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, ९ वर्षीय विवश नेपाली, १६ वर्षीया विनिता नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ महिने शिशु शिशिर नेपाली छन् । घाइते १६ वर्षीया मनिषा नेपालीको पोखरामा उपचार भइरहेको छ।
फेसबुक पेज Like गर्नुहोस