एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्धनको मूल्य घटाउने प्रयासस्वरूप रुसबाट १८ लाख टन डिजेल आयात गर्ने सम्झौता घोषणा गरेका छन् ।

सम्झौताअनुसार रुसले तत्काल तीन लाख टन, नोभेम्बरमा पाँच लाख टन र त्यसपछि थप १० लाख टन डिजेल उपलब्ध गराउनेछ। सम्झौताअन्तर्गत अमेरिकाले आगामी अप्रिल ७ सम्म रुसी डिजेल निर्यातमाथिका प्रतिबन्ध स्थगित गर्ने बताइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने अमेरिकी कदमको आलोचना गरेका छन्। उनले यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको उपहारको संज्ञा दिएका छन्।

विश्लेषकहरूले भने रुसी डिजेलको आपूर्तिले अमेरिकी बजारमा इन्धनको मूल्य उल्लेखनीय रूपमा घटाउनेमा आशंका व्यक्त गरेका छन्।