काठमाडौं उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा, सचेत रहन आग्रह
काठमाडौं - काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर लगातार बढ्दै गएको छ ।
सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क ९एक्युआई० आज मध्याह्नसम्म १९१ पुगेको छ।
योससँगै आज काठमाडौं उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगिसकेको छ। ‘एयर क्वालिटी इन्डेक्स ९एक्युआई० अनुसार आज काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा सूचीकृत भएको छ।
जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्ने विज्ञहरूको चेतावनी छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नहुँदा आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने बताए ।
वर्षाले हावामा रहेको धुलो र सूक्ष्म कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने उनको भनाइ छ ।'यदि समयमै नियन्त्रणका उपाय अपनाइएन भने स्थिति अझ जटिल बन्न सक्छ,' उनले भने।
उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ। यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ‘ब्रुमर’ तथा ‘भ्याकुम’को प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस