काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।

तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली आइतबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको र अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।