बामदेवले ल्याए ओलीको दुबै पद जोगाउने गरी ६ बुँदे प्रस्ताव
खबर एक्सप्रेस
२०७७-०४-१३ ०१:१५ मा प्रकाशित
Total Shares: 614
काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउनका लागि ६ बुँदे प्रस्ताव पेश गरेका छन् । उनले पार्टीका दुवै अध्यक्षलाई लक्षित गरी प्रस्ताव पेश गरेका हुन् ।
उपाध्यक्ष गौतमले बाँकी कार्यकालको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने र एकता महाधिवेशनसम्मका लागि अध्यक्षसमेत हुने प्रस्ताव राखेका छन् ।
यस्तै, अर्का अध्यक्ष पुष्प कमल दाहाललाई सम्पूर्ण कार्यकारी जिम्मेवारी दिने प्रस्ताव पेश गरेका छन् । उनले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा अहिले ओलीको राजीनामा माग्न नहुने उल्लेख गरेका छन् । गौतमको यो प्रस्तावसँगै नेकपामा नयाँ तरंग उत्पन्न भएको छ । गौतम यसअघि प्रचण्ड-माधवकुमार नेपाल समूह पक्षमा रहेका थिए ।
प्रस्ताव-
फेसबुक पेज Like गर्नुहोस