कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने
खबर एक्सप्रेस
२०७८-०१-०६ ०३:११ मा प्रकाशित
Total Shares: 399
काठमाडौं - प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागिएको हो ।
बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले ह्विप जारी गरेका छन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे र पार्टीको रणनीतिबारे छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस