काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज बुधबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

जारी सूचनाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक-दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।