प्रधानमन्त्री ओली आज स्वदेश फर्कने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०ः१५ बजे नेपाल प्रस्थान गरेका हुन्। उनलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरे ।
त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरे । प्रधानमन्त्री ओली आज मध्याह्न १२।३० बजे स्वदेश आइपुग्ने तालिका रहेकोे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस