कुलमानको पक्षमा प्रदर्शन गर्नेमाथि भएको कुटपिटबारे छानविन गर्न समिति गठन
काठमाडौ - कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग राख्दै सडकमा उत्रिएका प्रदर्शनकारीमाथि कुटपिट गर्ने प्रहरीमाथि छानविन गर्न समिति गठन भएको छ ।
प्रदर्शनमा सहभागि बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि प्रहरीबाट निर्घात कुटपिट भएको थियो । गत बिहीबार माइतिघर मण्डलातर्फ जाँदै गर्दा हन्ड्रेड्स ग्रुपका बब्लुलाई प्रहरी निरीक्षक केशर न्यौपाने नेतृत्वको टोलीले अमानविय तवरले लाठी र बुटले कुटेका थिए भने गत शुक्रबार बिजुलीजार पुलमा अनामनगरका मनिष श्रेष्ठलाई प्रहरीले टाउको फुटाइदिएको थियो । हाल उनको रक्ताम्मे फोटो, भिडियो पनि सामाजिक सञ्जामा भाइरल छ ।
उक्त घटना छानविनको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शनिबार प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्जको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा प्रहरी नायब उपरीक्षक भवेश रिमाल र प्रहरी निरीक्षक विनोदप्रदीप बस्याल छन् ।
फेसबुक पेज Like गर्नुहोस