प्युठान दुर्घटनाः मृतकको संख्या ५ पुग्यो
खबर एक्सप्रेस
२०७८-०१-०१ ०४:२७ मा प्रकाशित
Total Shares: 253
काठमाडौं,प्युठान - प्युठानमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ५ पुगेको छ । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जिप दुर्घटना हुँदा मृतकको संख्या ५ पुगेको हो ।
बुधबार बिहान लु१ज १६५५ नं. को जिप प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना भएको थियो । दुर्घटनामा स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारी चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीपमा सवार अन्य ११ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस