ओलीले जति गाली गरेपनि एकताको पक्षमा छु : नेपाल
खबर एक्सप्रेस
२०७८-०४-२२ ०५:४९ मा प्रकाशित
Total Shares: 310
काठमाडौं - एमालेका वरिष्ठ नेता माधव नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।
शुक्रबार आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका हुन् ।
‘केपी ओलीले मलाई जति नै गाली गरेपनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु ।’ नेपालले भने, ‘एकताका लागि हाम्रो प्रयत्न जारी छ । ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने आशंका धेरै शाथीहरूले गर्नुभएको छ ।’
पार्टी एकताका लागि प्रयत्न गर्नुपर्ने भन्दै उनले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न जोड दिए ।
फेसबुक पेज Like गर्नुहोस