बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सुरु
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको छ ।
बिहान करिब साढे ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल भइरहेको बताइएको छ ।
मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव बुझाएका छन् । सांसद यामलाल कँडेलको अगुवाइमा हस्ताक्षर सङ्कलन गरी संसदीय दलमा अविश्वास प्रस्ताव बुझाइएको हो । आफ्नै पार्टीका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएकोबारे अध्यक्षद्वयबीच छलफल भइरहेको बताइएको छ ।
त्यस्तै, संघीय सरकारमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्तिबारे पनि छलफल भएको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस