नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७८-०२-१२ ०४:२२ मा प्रकाशित
Total Shares: 277
काठमाडौं – नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा बुधबार थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ३० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ६ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ३२२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ३७ जनामा संक्रमण पुष्टि भएको हो।
फेसबुक पेज Like गर्नुहोस