काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो  । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।