काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

यसैगरी, हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले मूल्य घटाइएको छ ।

यस्तै पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।