अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय
खबर एक्सप्रेस
२०८०-०४-२८ ०५:४५ मा प्रकाशित
Total Shares: 150
काठमाडौँ - सरकारले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
जनमत पार्टीलाई सरकारमा समावेश गराउनेगरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट मन्त्री रहेका मोदीलाई हटाएका हुन्। अब मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको समेत पौडेलले बताए।
असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस