तीनकुनेको प्रदर्शनमा सहभागी एकजनाको मृत्यु
खबर एक्सप्रेस
२०८१-१२-१४ ०६:१७ मा प्रकाशित
Total Shares: 231
काठमाडौं - काठमाडौंको तीनकुनेमा भएको राजसंस्था पक्षधर र प्रहरीबीचको झडपमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको स्रोतले जानकारी दिएको छ। शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
आन्दोलनमा तीन जना गम्भीर घाइते भएकोमा महर्जनको मृत्यु भएको हो।
तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। अहिले तीनकुनेलगायत आसपासका कर्फ्यु लगाइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस