ताप्लेजुङमा नो केबलकार समूह र प्रहरीबीच झडप
खबर एक्सप्रेस
२०८१-११-०८ ०५:०९ मा प्रकाशित
Total Shares: 141
ताप्लेजुङ - ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएको छ ।
पाथीभराका केबलकार निर्माणको विरोध गर्दै आएको समूह र प्रहरीबीच आज झडप भएको हो ।
झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ ।
नो केबलकार समूहले ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो।
झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भए छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस