कर्णालीमा नेपाल पक्षले छोड्यो मुख्यमन्त्रीको साथ, नयाँ सरकार गठन गर्ने
काठमाडौं - माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन नगर्ने भएको छ ।
आइतबार माधवकुमार नेपाल पक्षका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि सो पक्षले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन नगर्ने भएको हो ।
संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले नयाँ सरकार बनाउन आफ्ना मन्त्रीहरूलाई २४ घण्टाभित्र सामूहिक राजीनामा दिन निर्देशन दिएको छ । साथै, बैठकले मुख्यमन्त्री शाहीको राजीनामा माग पनि गरेको छ ।
शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल मन्त्री छन् । अर्को बैठक २४ गते दिउँसो एक बजे बस्ने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस