काठमाडौं - नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । 

कांग्रेसले ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अन्य दलसँग पनि छलफल गर्ने निर्णय पनि गरेको एक नेताले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । 

यसअघि आजै नेकपा माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।