काठमाडौं - आज देशभर पश्चिमी वायु, अरब सागरमा रहेको न्युन चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ भने नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ ।

मौसम पूर्वानुमाज महाशाखाका अनुसार मंगलबार देशै भरी आशिंक बदली रहने छ ।

महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहनेछ। पहाडी भू-भाग का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती भने प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको प्रदेश १का थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।