जनताको चाहना पूरा गर्न कम्युनिष्ट एकता : प्रचण्ड
काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिष्ट पार्टीबीचको एकता बढाइएको बताएका छन् ।
सोलु–काठमाडौं सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको निर्वाचन विशेष तथा बृहत् भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधिनताको रक्षा तथा वैदेशिक षडयन्त्रलाई परारस्त गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताए ।
‘विभिन्न कम्युनिष्ट पार्टी तथा सामाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने संकल्पका साथ पार्टी एकता गरिएको हो’, संयोजक दाहालले भने । उनले असाधारण परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस