ललिता निवास जग्गा प्रकरणः थप ५४ जनाको नाममा म्याद जारी
खबर एक्सप्रेस
२०७६-११-१२ ११:०० मा प्रकाशित
Total Shares: 407
काठमाडौं - विशेष अदालतले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहित ५४ जनाको नाममा अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ ।
९ फागुनसम्म अदालतले ३४ जना प्रतिवादीलाई उपस्थित हुन म्याद जारी गरेकामा आइतवार थप २० जनाको नाममा १५ दिनभित्र अदालतमा उपस्थितिकमा लागि म्याद जारी भएको विशेष अदालतका सूचना अधिकारी तथा उप–रजिस्टार इन्द्रकुमार खड्काले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको १ सय ७५ जनामध्ये ९ फागुनसम्म ३४ जनालाई म्याद पठाइएको विशेष अदालतका उप–रजिस्ट्रार खड्काले जानकारी दिए ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस