सनसिटीका पुरुषमा पुन: देखियो कोरोना संक्रमण
काठमाडौं - काठमाडौंमा कोरोना भाइरसबाट मुक्त भएर घर फर्किएका एक पुरुषमा पुन संक्रमण देखिएको छ ।
पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा पुन कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ ।
बेलायतबाट ५ चैतमा आएर सनसिटीको अपार्टमेन्टमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।
तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । उनको पाटन अस्पतालमै उपचार भइरहेको छ । यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस