सांसदसँगै मन्त्री पद गुमाएका बादलले आजै पुनःनियुक्ति पाउने
काठमाडौं - राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै स्वतः गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा ‘बादल’ले आजै पुनःनर्नियुक्ति पाउने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको हो । संवैधानिक व्यवस्थाअनुसार थापा सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउनेछन् ।
नेकपा माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेका हुन् ।
एकिकृत नेकपालाई सर्वोच्च अदालतले खारेज गरेसँगै बादल नेकपा एमालेतर्फ लागेका थिए । यसअघि माओवादीले एमालेमा लागेर मन्त्री बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाईसमेत सांसद पदबाट मुक्त गरिसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस