काठमाडौं, धनगढी - बैतडीमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पञ्चेश्वर गाउँपालिका– ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै भएको जिप दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। 

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, ३० बर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिम्मत भण्डारी र  ४० बर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको । 

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।