इन्भेष्टमेन्ट बैंकको ‘NIBL गज्जब ६ मुद्दती खाता’
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा ‘NIBL गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त छ ।
यस मुद्दती खाताका विशेषताहरु निम्नानुसार रहेका छन्ः
निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने ।
यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने ।
न्यूनतम रु. १०,०००/- मा मुद्दती खाता खोल्न सकिने ।
निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने ।
सावाँ तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंकलाई अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक ‘२०७५ २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस