काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरीले गएराति ड्रयागन एयरको विमानमार्फत् नेपाल आएका चिनियाँ नागरिक ली निङसिङलाई ४ किलो सुनसहित पक्राउ गरेको हो ।हङकङबाट नेपाल आएका २३ वर्षीय निङसिङले कपडाको पेटीमा उक्त परिमाणको सुन लुकाएर ल्याएका थिए ।

प्रहरीले चेकजाँच गर्ने क्रममा लगेजभित्र पेटीमा राखिएको सुन फेला पारेको थियो । बरामद भएको सुनको बजार मूल्य भण्डै सवा २ करोड पर्छ।

हाल बरामद सुन र चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।