काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको हो। चितवन राइनोजका लागि डेविड मलानले ७१ रनको अर्धशतकीय पारी खले। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे। उनले सलाउद्दिन खानसँग सातौं विकेटको लागि ४० रनको साझेदारी गरे। सलाउद्दिन खानले १८ रन बनाउँदा कमल सिंह ऐरीले १० रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रिजन ढकाल ३ रनमा अन्तिम बलमा रनआउट भए। 

सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ स्कट कुगेलेइनले ३ विकेट लिँदा थारिन्दु रत्नायकेले २ विकेट लिँदा हेमन्त धामी र इशान पाण्डेले १–१ विकेट लिए।  आजको खेलको विजेताले फाइनलमा लुम्बिनी लायन्ससँग खेल्नेछ।