नेपाली सेनाका दुई जनामा देखियो कोरोना भाइरस संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०२-०३ ०६:२३ मा प्रकाशित
Total Shares: 388
काठमाडौं - नेपाली सेनाका जवानमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको खुलेको हो ।
यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस