शाही र वलीलाई पदमुक्त नगरे प्रदेशसभा चल्न नदिने एमालेको चेतावनी
काठमाडौं - नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ।
सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक-पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० बमोजिम आचरण नगरेको र सदस्यबाट नहटाएको भन्दै सदन चल्न नदिने बताएका हुन् ।
आइतबार सभामुखले पत्र निकाल्दै शाही र वलीलाई कारवाही गर्न नमिल्ने बताएका थिए । त्यसपछि सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको आरोप एमालेले लगाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस