काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँमा कारोबार भैरहेको हो  । 

तेजावी सुनको मूल्य तोलाको ८७ हजार ५५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।