काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९ सयले बढेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।